Home सिर्जना मनोरन्जन लोकदोहोरी गायिका रीता थापामगर कांग्रेस धादिङ–२ बाट उम्मेदवार सिफारिस

लोकदोहोरी गायिका रीता थापामगर कांग्रेस धादिङ–२ बाट उम्मेदवार सिफारिस

everest kitchen

काठमाडौं । लोकदोहोरी प्रतिष्ठान नेपालकी अध्यक्ष तथा चर्चित लोकदोहोरी गायिका रीता थापामगरलाई नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ ।

कांग्रेस धादिङ २ ले थापामगरसहित ८ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको हो भने प्रत्यक्षतर्फ ११ जनाको नाम पठाएको छ ।
लोकदोहोरी प्रतिष्ठान नेपालकी अध्यक्ष समेत रहेकी थापा लामो समय देखि कलाकारितामै व्यस्त छिन् ।

उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी वर्तमान केन्द्रीय अध्यक्ष पनि हुन् । माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।