आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने

everest kitchen

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ ।

जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै, महाशाखाका अनुसार आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राती कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।