जापान । गल्कोट समाज जापानले सांगीतिक श्रृङखला २०२६ गर्ने भएको छ । समाजले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि जापानका ३ शहरमा सांगीतिक कार्यक्रम गर्न लागेको हो ।
शिक्षामा लगानी गर्ने उद्देश्य सहित गल्कोट समाज जापानले सांगीतिक श्रृङ्खला २०२६ आयोजना गर्न लागेको समाजका महासचिव दिलिप कंडेल जानकारी दिएका छन् ।
महासचिव कंडेलका अनुसार उक्त कार्यक्रमलाई भव्य, मर्यादित तथा सफल रूपमा सम्पन्न गर्नका लागि समाजले कार्यसमिति निर्माण गरेर एकरुपमा अगाडि बढेको छ ।
सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू डिसेम्बर ३१ मा ओसाका, जनवरी १ मा नागोया र जनवरी २ मा टोकियोमा हुनेछन । कार्यक्रममा नेपालबाट गायक शिव परियार, गायिका समिक्षा अधिकारी लगायतका कलाकारहरु उपस्थिति रहने बताएको छ ।











