बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा न. १० मा चितुवाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका वडा न. १० सेम्रवा बस्ने ३२ वर्षिय दिनेश चौधरी रहेका छन् ।
बारबर्दिया नगरपालिका वडा नं १० पेरहवा चटिया सामुदायिक वनमा शौच गर्न जाँदा चितुवाले आक्रमण गरेपछि युवाको मृत्यु भएको डिभजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताए ।
श्रमदान गर्ने क्रममा शौच लागेपछि दिउँसो करिब एक बजे सामुदायिक वन तर्फ गएका चौधरी नफर्केपछि खोजविन सुरु भएको थियो । चितुवाले आक्रमण गरेको आशंकामा स्थानीय र प्रहरीको टोलीले खोजविन गर्दा सामुदायिक वन भित्र उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर मल्लले बताए । उनले शव क्षतविक्षत अवस्थामा फेला परेको बताए हाल शव घटनास्थल मै रहेको उनको भनाई छ ।











