जनकपुर । जनकपुरधाममा महिला अभियानीहरुले बांगलादेशविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
बांगलादेशमा केही दिनअघि निर्ममतापूर्वक हिन्दू समुदायका युवा दिपु दासको हत्या गरिएको विरोधमा शुक्रबार जनकपुरधामको जनक चोकमा महिला अभियानीहरुले विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले मो.युनुश मुर्दावाद, बांगलादेश सरकार मुर्दावाद, हिन्दू हत्या बन्द गर लगायतका नारा लगाउँदै प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।
महिला अभियानीहरुले मो. युनुसको नाममा माटोको खपरी फोडेर विरोध जनाएका छन् । उनीहरुले मों युनुसको फोटोसहितको प्लेकार्ड पनि जलाएका छन् ।
कुनैपनि हिन्दुको हत्या गर्नेहरुको विरोध गर्ने भन्दै आफूहरुले आज विरोध प्रदर्शन गरेको महिला अभियानी विभा ठाकुरले बताइन ।
उनले हिन्दू सनातन धर्ममा कसैको पनि हत्या गर्न नमिल्ने र जिउँदो जलाउन नमिल्ने भनेकोले हिन्दू माथिको आक्रमण सहन गर्न नसिकने बताइन ।
अभियानी ठाकुरले रोहंगिया बांगलादेशि मुस्लमानहरु दिनहु नेपाल प्रवेश गरेको भिडियो र तस्विरहरु सार्वजनिक भइरहेकाले सरकारले यसलाई रोक्न ठोस कदम उठाउनुपर्नेमा जोड दिइन ।
हिजो मात्र जनकपुरधाममा साधुसन्तको नेतृत्वमा भव्य विरोध र्याली निकालिएको थियो । बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको हत्या भएदेखि नेपाल र भारतका विभिन्न स्थानहरुमा दिनहु विरोध प्रदर्शन हुँदै आएको छ ।











