तेह्रथुम मलेसिया सम्पर्क मञ्चको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा तोया रोशन ढकाल निर्वाचित

everest kitchen

क्वालालम्पुर। मलेसियामा क्रियाशील तेह्रथुम मलेसिया सम्पर्क मञ्चको पाँचौँ अधिवेशन मलेसियाको राजधानी क्वालालम्पुरस्थित कोतारायको होटल प्यासिफिकमा २८ डिसेम्बरमा भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनले मञ्चको विगत कार्यकालको समीक्षा गर्दै आगामी दिनमा प्रवासमा रहेका तेह्रथुमेहरूको सामाजिक एकता, आपसी सहयोग तथा तेह्रथुम जिल्लाको पहिचान, भाषा र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

अधिवेशनबाट तोया रोशन ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवनिर्वाचित कार्यसमितिमा महेन्द्र बस्नेत वरिष्ठ उपाध्यक्ष चयन भएका छन् भने उपाध्यक्षमा उमा खजुम र नगेन्द्र दाहाल रहेका छन्।

यसैगरी महासचिवमा मनोज लिम्बु, सचिवमा निर्मल लिम्बु र सह–सचिवमा सुनिता जबेगु चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी अटल सेनेहाङ्ले पाएका छन् भने सह–कोषाध्यक्षमा रुपा थाम्देन चयन भएकी छन्।

कार्यसमितिका सदस्यहरूमा नेत्र संग्रौला, हस्तविर कार्की र डिल्ली कुमार तामाङ् चयन भएका छन्। यस्तै, पदम राज लिम्बुको संयोजकत्वमा गठित सल्लाहकार समितिमा चन्द्र फेदाप, टंक निङ्लेकु, पुर्ण गुरुङ्, सुजता कार्की र सुनिल खड्का सदस्य रहेका छन्। संस्थाको संरक्षकमा इन्द्र नारायण लिम्बु रहेका छन्।

कार्यक्रममा सहभागी वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रवासमा रहेका तेह्रथुमेहरूको हकहित, एकता र सहकार्यलाई थप सुदृढ बनाउन भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

अधिवेशन सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको मञ्चले जनाएको छ।