क्वालालम्पुर । नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो अधिवेशनबाट चोलाकान्त पंगेनी पुनः सभापतिमा निर्वाचित भएका छन्। मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो।
४ जनवरी २०२६ आइतवारको दिन सम्पन्न अधिवेशनको औपचारिक कार्यक्रम सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा तथा प्रमुख अतिथि किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव सुसिल घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी थिए। त्यस्तै विशेष अतिथिमा बिनोद थापा रहेका थिए।
कार्यक्रममा प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, हरि भट्टराई, योगेन्द्र कुँवर, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्षद्वय इन्द्र नारायण लिम्बु र राकेश महतो लगायत मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले आगामी फागुन २१ गते हुने निर्वाचनमा एमाले–कांग्रेस गठबन्धनको विकल्प नरहेको बताए। उनले प्रवासमा रहेका संगठनहरूले केन्द्रलाई सुझाव दिँदै गठबन्धन कायम गराउन पहल गर्नुपर्नेमा जोड दिए। अन्य वक्ताहरूले मलेसियामा स्थापित संघ–संस्थाहरूले श्रमिकहरूको हकहित र समस्याका लागि सौहार्दपूर्ण र प्रभावकारी काम गर्न आग्रह गरेका थिए।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति यस प्रकार रहेको छः
सभापति: चोलाकान्त पंगेनी
वरिष्ठ उपसभापति: कमलप्रसाद गौतम
उपसभापतिहरू: टेकबहादुर सन्तोष पौडेल हरिप्रसाद कोइराला, गणेशबहादुर राउत, ज्ञानेन्द्रबहादुर सिंह, डम्बर ओखडा
महामन्त्रीहरू: सरोज दाहाल, मिलन लामा
सह–महामन्त्रीहरू: तिलकचन्द ठकुरी, रामकुमार यादव, देवराज घिमिरे
कोषाध्यक्ष: इन्द्रप्रकाश भण्डारी
सदस्यहरू: दीपक अधिकारी, राकेश गह मगर, यज्ञकुमार राई, रमेश भण्डारी, पुष्कर खड्का, इन्दु बस्नेत, छेवाङ लामा, मछिन्द्रनाथ चापागाईं, राजकुमार कटुवाल, गणेश बिष्ट र घनश्याम चौधरी
प्रमुख अतिथि किरणराज शर्मा पौडेल विभिन्न कारणवश कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसके पनि भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए।
कार्यक्रमको समापन गर्दै पुनः निर्वाचित सभापति पंगेनीले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै मलेसियामा दुःख–पीडामा परेका नेपाली श्रमिकहरूको सेवामा २४ सै घण्टा तयार रहने प्रतिबद्धता व्यक्त गरे।













