Home समाचार राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

everest kitchen

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्यसचिव पौडेलका अनुसार बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे छलफल गर्दैछ । निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल जारी राखेका छन्।

राष्ट्रिय सभाको निर्वाचनका लागि पनि कांग्रेसले प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको छ ।