राजु तामाङको टिकट सहयोगमा जेल जीवन बिताइरहेका दिपक मर्दि स्वदेश फर्किँदै

everest kitchen

क्वालालम्पुर — गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका बरिष्ठ उपाध्यक्ष तथा आर टि एफ सी का अध्यक्ष  राजु तामाङको टिकट सहयोगमा विगत लामो समयदेखि मलेसियाको जेल जीवन भोगिरहेका दिपक मर्दि स्वदेश फर्किने भएका छन्।

झापा जिल्ला स्थायी घर भएका मर्दि करिब दुई वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियाको जोहोरबारुस्थित एक कम्पनीमा काम गर्न आएका थिए। रोजगारीका क्रममा कागजात समस्या उत्पन्न भई विगत एक वर्षदेखि अवैधानिक रूपमा बसोबास तथा काम गर्दै आएका बेला मलेसियन प्रहरीको छापामा परी उनी पक्राउ परेका थिए।

प्राप्त जानकारीअनुसार दिपक मर्दि ८ जनवरी २०२६, बिहीबारका दिन नेपाल फर्किने कार्यक्रम तय भएको छ।

यसैबीच, लामो समयदेखि मलेसियामा व्यवसाय गर्दै आएका राजु तामाङले विभिन्न कारणले दुःख भोगिरहेका दर्जनौँ नेपाली श्रमिकहरूको उद्धार गर्दै आएका छन्। तामाङले मलेसियामा समस्यामा परेका श्रमिकहरूको उद्धारका लागि आफू २४ सै घण्टा तयार रहेको पनि बताएका छन्।

त्यसैगरी, दिपक मर्दिसँगै जेल परेर कानुनी झमेलामा परेका बेदन मगर र सन्देश तामाङलाई थुनामुक्त गराउन नेपाली रुपैयाँ दुई लाखभन्दा बढी रकम दस्तुर भुक्तानी गरी जेलमुक्त गराइएको पनि जानकारी दिइएको छ।