क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीको दोस्रो विशेष राष्ट्रिय महाधिवेशनबाट सभापतिमा निर्वाचित आदरणीय नेता गगनकुमार थापासहित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरूलाई नेपाली जनसम्पर्क समिति मलेसियाले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
प्रतिनिधि सभा निर्वाचनमा नेपाली जनसम्पर्क समितिलाई प्राथमिकता दिँदै पहिलो पटक प्रत्यक्ष उम्मेदवार चयनको सुरुवात गर्नु ऐतिहासिक निर्णय भएको उल्लेख गर्दै नेपाली कांग्रेसका केन्द्रीय सभापति, केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समितिप्रति समितिले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
यसै क्रममा नेपाली जनसम्पर्क समिति अमेरिका का सभापति तथा युवा नेता श्री गोरख बहादुर बिष्ट (आनन्द बिष्ट) लाई आगामी प्रतिनिधि सभा निर्वाचनमा कैलाली–४ क्षेत्रबाट नेपाली कांग्रेसको उम्मेदवार चयन गरिनु प्रवासी नेपालीका लागि गौरवको विषय भएको जनाइएको छ। समितिले उहाँलाई हार्दिक बधाई दिँदै विजयको अग्रिम शुभकामना पनि व्यक्त गरेको छ।
उम्मेदवार चयनको खबरले विश्वभर रहेका नेपाली जनसम्पर्क समितिका नेता–कार्यकर्ता तथा नेपाली समुदायमा नयाँ उत्साह र ऊर्जा थपिएको नेपाली जनसम्पर्क समिति मलेसियाको भनाइ छ।
यसैबीच, नेपाली जनसम्पर्क समिति मलेसियाको बैठकले नेपाली कांग्रेसका १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई विजयी गराउन प्रचार–प्रसारदेखि सम्पूर्ण सहयोग गर्ने निर्णय सर्वसम्मत रूपमा निर्णय गरेको छ।
त्यस्तै, आज सम्पन्न हुँदै गरेको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयको हार्दिक शुभकामना पनि व्यक्त गरिएको छ।
त्यसैगरी नेपाली जनसम्पर्क समिति मलेसियाबाट १५औँ महाधिवेशन प्रतिनिधिमा चोलाकान्त पंगेनी, बिनोद बहादुर थापा, राकेश प्रसाद महतो, हरि प्रसाद कोइराला, डम्बर ओखेडा, घनश्याम चौधरी (आरएन) र देवराज घिमिरे (डेभिट) सर्वसम्मत चुनिएका छन्।
त्यसैगरी महासमिति सदस्य मा चोलाकान्त पंगेनी, बिनोद बहादुर थापा र राकेश प्रसाद महतो चुनिएको जनसम्पर्क समिति मलेसियाका महामन्त्री सरोज दाहालले जानकारी गराउनुभयो ।











