Home समाचार अर्थ एभरेष्ट कलरको आईपीओ बाँडफाँट सम्पन्न, ६५ हजार ५७० आवेदकले पाए १० कित्ता...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट सम्पन्न, ६५ हजार ५७० आवेदकले पाए १० कित्ता शेयर

everest kitchen

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो । यस बराबरको कुल निष्काशन रकम ६ करोड ५५ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

आईपीओमा २६ लाख ८७ हजार ४२१ जना लगानीकर्ताले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयरका लागि आवेदन दिएका थिए । तीमध्ये २६ लाख ४१ हजार ९५९ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन् ।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा प्रणालीमार्फत शेयर बाँडफाँट गरिएको हो । बाँडफाँट परिणामअनुसार ६५ हजार ५७० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । उच्च आवेदनका कारण अधिकांश आवेदक भने यसपटक पनि शेयर प्राप्त गर्नबाट वञ्चित भएका छन् ।