काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू–भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो लहरको अवस्था रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा पनि तातो दिनको अवस्था रहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बागमती, गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भू–भाग तथा मधेश प्रदेशका थोरै स्थानमा, बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
यसैगरी राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भाग र मधेश प्रदेशको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।











