काठमाडौं, २२ असार । खराब मौसमका कारण मेक्सिकोविरुद्धको इङ्गल्याण्ड खेल एक घन्टा पर सरेको छ ।
फिफा विश्वकप २०१६ुअन्तिम १६ खेल एक घण्टा ढिलो गरी सुरु हुने भएको हो र अब यो खेल स्थानीय समयअनुसार आइतबार १९ः०० बजे मात्र सुरु हुनेछ। फिफा विश्वकपमा यो पहिलो पटक हो, निर्धारित समयमा खेल सुरू नभएको ।
दिनभर मेक्सिको सिटीमा भारी वर्षा भएको छ र खेल आयोजना हुन गइरहेको मेक्सिकोको एज्टेका स्टेडियममाथि चट्याङ परेको खबर पनि आएको छ।
स्टेडियमको आठ माइलको दायराभित्र अन्तिम पटक चट्याङ देखिएको समयदेखि ३० मिनेट नबितुन्जेल खेल सुरु गर्न नमिल्ने फिफाले जनाएको छ ।
‘मेक्सिको सिटीमा प्रतिकूल मौसम, जसमा रंगशालाको नजिकै चट्याङ पर्ने जोखिम पनि समावेश छ, का कारण, मेक्सिको र इङ्गल्याण्डबीच हुने फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ को खेल सुरु हुने समय स्थानीय समय अनुसार १९ः बजेसम्मका लागि सारिएको छ,’ फिफाले भनेको छ, ‘सबैको सुरक्षा र हित फिफाको प्राथमिकता हो। हामी सबै समर्थकहरूलाई उहाँहरूको बुझाइ र सहयोगका लागि धन्यवाद दिन्छौं।’
फिफाले शुक्रबार इङ्गल्याण्ड र मेक्सिकोको फुटबल संघहरूसँग छलफल गर्दै खेलको समय आइतबार साँझ ७ बजे सार्ने प्रस्ताव गरेको थियो ।











