काठमाडौं, २२ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल बिशेष सेवा ऐन, २०२२ को साविकको ब्यवस्था जगाउने सबन्धी बिधेयक’ लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो) संसोधन बिधेयक, २०८३’ लाई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेलले राष्ट्रियसभामा उत्पति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण’ बिधेयक, २०८३ लार्इ दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सवन्धी सन २०१४ को प्रोटोकल नम्बर २९ र श्रम निरिक्षण सबन्धी महासन्धी १९४७ (नम्बर ८१) माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।











