काठमाडौं, २७ असार । अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन ।
बैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा कपिलवस्तु वाँणगंगा नगरपालिका–८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका–१ घर भएका ३५ वर्षीय माधव अर्याल रहेका छन ।
माधवले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१३ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाइएको छ ।











