काठमाडौं, ३० असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फवाट कानुन, न्याय तथा संसदीय मामिला मान्त्री सोबिता गौतमले तीनवटा प्रतिबेदन प्रस्तुत गर्दैछन् । जसअनुसार ‘न्याय परिषदको बार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको बार्षिक प्रतिबेदन र लोक सेवा आयोगको ६६ औं बार्षिक प्रतिवेदन पेश गर्ने भएकी छिन् ।
उता, अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘अर्थ सवन्धी केही नेपाल कानुनलाई संसोधन र खारेज गर्ने बिधेयक, २०८३ ’ प्रस्तुत गर्नेछन भने प्रधानमन्त्री शाहको तर्फवाट कानुन मन्त्री गौतमले ‘नेपाल बिशेष सेवा ऐन, २०४२ को साविकको ब्यवस्था जगाउने सबन्धी बिधेयक, २०८३ र ‘राष्ट्रिय सेवा दल बिधेयक, २०८३’लाई सबन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन्।











