काठमाडौं, ३२ असार । नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले आज अदालतमा २० करोड बढी दावी गर्दै अभियोगपत्र दर्ता गराएको छ ।
बिबादस्पद व्यवसायी दीपक भट्टसँग मिलीभगत गरी पद र प्रभावको दुरुपयोग गरी सहजीकरणको बदलामा आर्थिक लाभ प्राप्त गर्ने गलत नियतले श्रीराम टोवाको उद्योग प्रालिको उच्च मूल्यको सेयरलाई न्यून मूल्यमा राखेर भट्टको कम्पनी हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रा लिलाई दिलाउँदा सो घोटला भएको अभियोग पत्रमा उल्लेख गरिएको छ।











