काठमाडौँ, साउन ३ । काठमाडौँको गोठाटारस्थित पहेँलो पुल नजिकै पूर्ण पारिवारिक वातावरणसहितको ‘हाम्रो साना क्याफे’ सञ्चालनमा आएको छ। आइतबार एक विशेष कार्यक्रमका बिच युवा व्यवसायी, पत्रकार तथा परिवारजनको उपस्थितिमा क्याफेको औपचारिक उद्घाटन गरिएको हो।
शान्त र पारिवारिक वातावरणमा स्वस्थ तथा स्वादिष्ट परिकारका साथ गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक एवं युवा व्यवसायी एम. के. गुरूङले जानकारी दिए। तनावमुक्त वातावरण, स्वस्थ मानसिक विकास र सुदृढ पारिवारिक सम्बन्धको आधार निर्माणलाई केन्द्रविन्दुमा राखेर सेवा दिने क्याफेको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ।
वैदेशिक अनुभवलाई स्वदेशमै लगानी
झापामा जन्मिएका व्यवसायी गुरूङ विगत १५ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया र दुबईमा कार्यरत थिए। हाल दुबईमा दुईवटा व्यवसाय सफल रूपमा सञ्चालन गरिरहेका उनले विदेशमा हासिल गरेको सीप, क्षमता र अनुभवलाई आफ्नै जन्मभूमिमा उपयोग गर्दै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ यो क्याफे सुरु गरेका हुन्।
नवसञ्चालित क्याफेमार्फत हाल १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। क्याफेमा दक्ष जनशक्तिमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिनेछ। खुल्ला र स्वच्छ हावायुक्त वातावरणमा परिवार तथा साथीभाइसँग बसेर स्वादिष्ट परिकारको आनन्द लिन सकिने गरी क्याफेको संरचना तयार पारिएको छ।
देशव्यापी विस्तार गर्ने योजना
युवाहरूलाई विदेश पलायन हुनबाट रोक्दै स्वदेशमै रोजगारीका अवसर थप्ने लक्ष्यसहित निकट भविष्यमा यो व्यवसायलाई झापा, पोखरा, धरान लगायत देशका विभिन्न प्रमुख सहरहरूमा विस्तार गरिने गुरूङले बताए। आफ्नी छोरी र श्रीमतीको नामलाई संयोजन गरेर क्याफेको नाम ‘हाम्रो साना क्याफे’ राखिएको र यसलाई देशव्यापी ब्रान्डका रूपमा स्थापित गराइने उनले बताए।
विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध भई सामाजिक सेवामा समेत सक्रिय गुरूङले स्वदेशमा लगानी बढाउन र रोजगारी सिर्जना गर्नका लागि राज्यले लगानीकर्तालाई प्रोत्साहन तथा सुरक्षाको वातावरण मिलाइदिनुपर्नेमा जोड दिए।
कार्यक्रम र डेलिभरीका लागि विशेष सुविधा
क्याफेमा होम प्याकिङ तथा डेलिभरीको सुविधा उपलब्ध गराइएको छ। यसका साथै जन्मदिन मनाउन, पारिवारिक जमघट, साना बैठक वा अन्य विशेष कार्यक्रम आयोजनाका लागि पर्याप्त स्थान उपलब्ध रहेको जनाइएको छ।
थप जानकारीका लागि:



























