यी हुन् विश्वकप २०२६ मा सबैभन्दा ३ बढी गोल हान्ने ३० खेलाडी (सुचीसहित)

everest kitchen

काठमाडाैं, ४ असार । अन्ततः स्पेनले फाइनल जीत हासिल गरेसँगै चार बर्षका लागि फिफा विश्वकप सकिएकाे छ।

 

अर्जेन्टिनालाइ १-० काे अन्तरले पराजित गरेर स्पेनले दाेस्राे पटक विश्वकपकाे उपाधी उचालेर रेकर्ड बनाएकाे छ ।

 

याे विश्वकपमा फ्रान्सका केलियन एम्बाप्पेले सर्बाधिक १० गाेल हानेर गाेल्डेन बुट प्राप्त गरेका छन, उनी लगातार विश्वकपमा गाेल्डन बुट जित्ने पहिलाे खेलाडीसमेत बनेका छन्, उनले अहिलेसम्म सर्बाधिक २२ गाेल हानेका छन । २०२६ मा १० गाेल हानेका एम्बाप्पले २०२२ कतार विश्वकपमा ८ गाेल हानेका थिए भने साे अघि २०१८ मा भएकाे विश्वकपमा ६ गाेल हानेर किर्तिमान बनाएका थिए, याे किर्तिमान उनले तीनवटा विश्वकपवाट हासिल गरेका हुन ।

 

यसैगरी अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीले सन् २००६ देखि २०२६ सम्मका ६ वटा फिफा विश्वकप संस्करणहरूमा सहभागिता जनाउँदाँ कुल २१ गोल गरिसकेका छन्। उनी एम्बाप्पे भन्दा सर्बाधिक गाेल हान्ने खेलाडीकाे रूपमा दाेस्राे स्थानमा छन ।  उनी विश्वकप इतिहासमै दुई पटक अर्थात सन् २०१४ र २०२२ मा प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ जित्ने एक मात्र खेलाडी हुन्। उनी विश्वकपमा सर्बाधिक खेलहरू खेल्ने खेलाडीसमेत बनेका छन् ।

याे विश्वकपमा ३० खेलाडीले तीन भन्दा बढी गाेल हानेका छन । धेरै गाेल हान्ने खेलाडी फ्रान्सका ४ जना रहेका छन, जसअनुसार केलियन एमबाप्पेले १०, जज बेलिङघम र असमेन डेम्बलले समान ६ गाेल तथा  फ्रान्सकै ब्राडली बारकोलाले ३ गाेल हानेका छन भने दाेस्राे नम्बरमा अर्जेन्टिना रहेकाे छ । मेस्सीले ८ गाेल हान्दा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले ३ गाेल हानेका छन साथै इंग्ल्याण्डका ह्यारी केन ६ गाेल हान्दा बुकायो शकले ३ गाेलकाे याेगदान गरेका छन ।

अब जान्नुहाेस विश्वकपमा सर्बाधिक गाेल गर्ने खेलाडीहरू

१. फ्रान्सका केलियन एमबाप्पेः १०

२.अर्जेन्टिनाका लियोनेल मेस्सीः ८

३. नर्वेका अर्लिङ हल्यान्डः ७

 

४. फ्रान्सका जज बेलिङघमः ६
५. फ्रान्सका असमेन डेम्बलः ६
६. इंग्ल्यान्डका ह्यारी केनः ६

 

७. स्पेनका माइकल ओएरजबलः ५

 

८. सेनेगलका इस्माइला सरः ४
९. मेक्सिकोका जुलियन क्विनोन्सः ४
१०. ब्राजिलका भिनिसियस जुनियरः ४

 

११. इग्लयान्डका बुकायो शकः ३
१२.डेनमार्कका डेनिज उन्डभः ३
१३. जर्मनीका जोहान मान्जाम्बीः ३
१४. बेल्जियमका रोमेल लुकाकुः ३
१५. अर्जेन्टिनाका लाउटारो मार्टिनेजः ३

 

१६. बेल्जियमका चार्ल्स डे केटेलेरः ३
१७. नेदरल्याण्डका कोडी गकपोः ३
१८. फ्रान्सका ब्राडली बारकोलाः ३
१९. नेदरल्यान्डका ब्रायन ब्रोबीः ३
२२. न्युजील्याण्डका एलिया मात्रः ३
२३. ब्राजिलका म्याथेस चुन्नाः३
२४. अमेरिकाका फोलारिन बालोगुनः ३

 

२५. मेक्सिकोको राउल जिमेनेजः ३
२६. जर्मनीका काइ हार्भटेजः ३
२७. कंगोका योने विसाः ३
२८. मोरोक्कोका इस्माइल साइबारीः ३
२९. क्यानडाका जोनाथन डेभिडः ३
३०. पोर्चुगलका क्रिस्टियानो रोनाल्डोः ३