राष्ट्र बैंकले सार्वजनिक ग¥यो नयाँ विनिमयदर, अमेरिकी डलरको बिक्रीदर १५४.८२ रुपैयाँ

everest kitchen

काठमाडौं, ०८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्रामध्ये युरोपियन युरोको बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, बेलायती पाउण्ड स्टर्लिङको २०७ रुपैयाँ ०२ पैसा र स्वीस फ्र्याङ्कको १९० रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ। त्यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ ९४ पैसा तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ९७ पैसा कायम भएको छ।

एसियाली मुद्रातर्फ चिनियाँ युआनको बिक्रीदर २२ रुपैयाँ ८७ पैसा, यूएई दिरामको ४२ रुपैयाँ १५ पैसा, साउदी रियालको ४१ रुपैयाँ २५ पैसा तथा कतारी रियालको ४२ रुपैयाँ ४७ पैसा तोकिएको छ। जापानी येन (१०) को बिक्रीदर ९ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

त्यसैगरी, भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत् राखिएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदरमा केही फरक हुन सक्ने भएकाले कारोबारअघि सम्बन्धित बैंक वा राष्ट्र बैंकको आधिकारिक वेबसाइटमार्फत अद्यावधिक दर हेर्नुपर्ने जनाएको छ।