राधेराधे चोकस्थित ६ रोपनी तीन आना क्षेत्रफलमा बनेको राधेराधेको भवन काठमाडौंबाट भक्तपुर प्रवेश गर्ने जो–कोहीको नजर पर्ने गर्छ। निर्माणकै क्रममा रोकिएको उक्त १७ तले विशाल भवन दिनप्रतिदिन खण्डहर बन्दै गएको छ। अग्लो संरचना, अधुरा झ्याल, खुला कंक्रिट, माथितिर उम्रिएको झार र लेउ सुकेर देखिएको कुरुप दृश्यले धेरैको ध्यान भने तानिरहेको छ।












