कविता – ‘पढ् छाेरी‘
कल्पना बस्याल
१११औ महिला दिवसका दिन
सोच्दै छु मेरो आमाले
मेरो लागि दिनहुँ रट्नु भएको
एक मात्र मन्त्र
‘पढ् छोरी’
उहाँले जे भोग्नु
त्यहि भोग्नु नपरोस् भनेर
बारम्बार चिच्याएको मन्त्र !
शिक्षाले ज्ञानको ढोकाको
चाबी त दियो आमा
महिलाको स्वतन्त्रताको ताला चाबी त
हिजो र आज पनि
बा, श्रीमान् अनि पितृसतात्मक मनस्थिति
बोकेको सरकारको निति र निर्णयको हातमा नै त छ ॥
गर्व लाग्छ बुबाको नाम
फारमै पिच्छे लेख्न पाउँदा
कहिले आउँछ आमा ?
बुवाको नाम सँगसँगै हजुरको नाम पनि
लेख्नु पर्ने तन्त्र।।।