
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको छ ।
सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गर्दा प्रधानमन्त्रीको भने रिपोर्ट नेगेटिभ आएको थियो।
दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि पीसीआर गर्न लागेको बताएको छ। हाल क्वारेन्टिनमा रहेका देउवा बिहीबारको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको खण्डमा राजनीतिक भेटवार्तालाई निरन्तरता दिनेछन् ।
अहिले देउवाले केही दिनका भेटघाट कार्यक्रम रद्द गरेको उनको सचिबलायाले जनाएको छ ।











