
रुकुम । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समसामयिक विषय, कर्मचारीका समस्या तथा समाधान बारे प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
संगठनमा आवद्ध गाउँपालिका भरीका कर्मचारीहरुको उपस्थितिमा पेसागत हकहित र भूमिका विषयमा केन्द्रीत रहेर छलफलसहित प्रशिक्षण पनि गरिएको संगठनका अध्यक्ष बीर बहादुर डाँगीले जानकारी दिए । कर्मचारीले चुस्त दुरुस्त सेवा प्रवाहसहित समाजमा खेल्नुपर्ने सकरात्मक भूमिका बिषयमासमेत प्रशिक्षण गरिएको उनलेे बताए ।
संगठनका अध्यक्ष बीर बहादुर डाँगीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रुकुम पश्चिम जिल्ला समन्वय समिति प्रमुख समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार शर्मा प्रमुख अतिथि रहेका थिए भने त्रिवेणी गाउँपालिकाका अध्यक्ष समेत रहेका माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य झक्कु प्रसाद घर्तीको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य निर्मला विष्ट खड्का, माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य गणेश केसी, माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य मोहन किशोर वली, माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष गणेश खड्का, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका प्रदेश कमिटी सचिव इश्वर रावल लगायतको उपस्थिति रहेको थियो ।
साथै, विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमलाई संगठनकी सचिव पवित्रा खड्काले सञ्चालन गरेकी थिईन ।
 
                










