नाउपाका संरक्षक प्रज्ञा भवन परिसरबाट रेशम चौधरी पक्राउ

everest kitchen

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।

पक्राउ गर्नुका कारण खुल्न बाँकी रहेको छ। प्रहरीले उनलाई डिल्लीबजार कारागारमा लगेको छ। यस अगाडि टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी दिएपछि  २०८० साल जेठ १५ गते कारागारबाट रिहा भएका थिए। पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको थियो।

चौधरीलाई छुटाएपछि हत्या भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले पुन: सर्वोच्च  अदालतमा मुद्दा हालेकी थिइन्।

प्रज्ञा भवनको हलमा आज बिहान ठीक ११ बजेका कार्यक्रम सुरु हुने तालिका रहेपनि अहिलेसम्म औपचारिक कार्यक्रम सुरु हुन सकेको छैन। दुई पार्टीका नेताहरूबीच कमिटी निर्माणमै विवाद देखिएपछि एकता घोषणा हुन बाँकी रहेको स्रोतको भनाई छ।

दुई पार्टीबीच आन्तरिक कारणले विवाद समयमै सुरु भएको सहमति जुटाउन शीर्ष नेता छलफलमा जुटिरहेका छन्।