ट्रम्प मध्यपुर्वमा निस्कनु अघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

everest kitchen

वासिंगटन डिसी, २७ बैशाख । अमेरिकी रक्षा सचिव पीट हेगसेथको इजरायल भ्रमण स्थगित भएको छ।

 

अर्को हप्ताको सुरुमा तय भएको इजरायल भ्रमण रद्द भएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ।

गत मे ३ मा एक्सियोसले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वको यात्रा अघि हेगसेथले इजरायल भ्रमण गर्ने योजनाका बारेमा जानकारी दिएको थियो ।

 

समाचार अनुसार अमेरिकी रक्षा सचिवले मे १२ मा आफ्ना स्थानीय समकक्षी इजरायलका काट्ज र देशका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्न तय भए पनि अन्तिममा रोकिएको हो ।

 

ह्वाइट हाउसले यसअघि नै राष्ट्रपति डोनाल्ड  ट्रम्पले मे १३–१६ मा साउदी अरेबिया, कतार र युएईको मध्यपूर्व भ्रमण गर्ने जनाएको थियो । त्यसअघि अमेरिकन रक्षा सचिव इजरायल जान खोजेका थिए । तर, अहिले स्थगित गरिएको छ तर कारण भने अझै खुलाइएको छैन् ।