क्वालालम्पुर । मलेसियामा उपचारको क्रममा मृत्युु भएका महित कुमार महराको शव हेल्प मधेसी मलेसियाको सहयोगमा नेपाल फिर्ता भएको छ।
उपचारको क्रममा सिराहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. ७ फुलबरिया निवासी महरा रोजगारीको सिलसिलामा ३ बर्ष पहिले मलेसियाको एसिया फर्निचर म्यानुफेक्चरिङ कम्पनिमा कार्यरत थिए।
करिव १ महिना देखि काजाङ हस्पिटलमा उपचार हुदै थियो भने मे महिनाको ८ तारिखको दिन मृत्यु भएको र मृत्यु पश्चात् हेल्प मदेशी नेपाल ले शव छिट्टै नेपाल फर्काउन हेल्प मधेसी मलेसियालाई अनुरोध गरे पश्चान हेल्प मदेश मलेसियाले दुतवास सँग समन्वय गर्दै दुतवासले शव छिट्टै नेपाल पठाउन कम्पनिलाई गरेको अनुरोध पछि मे १७ तारिख शनुवारको दिन मलेसिया एयर लाईन्स मार्फत नेपाल पठाईएको हेल्प मधेसी मलेसियाका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र महतो ले जानकारी गराए।