४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ

everest kitchen

काठमाडौं, ७ जेठ । गाजामा भोकमरीका कारण मृत्यु हुने बालबालिकाको संख्यालाई लिएर संयुक्त राष्ट्रसंघले निकै खतरनाक चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले आगामी ३५ घण्टाभित्र मानवीय सहायता तुरुन्तै नपुगेमा १४ हजार बालबालिकाको ज्यान जान सक्ने बताएका छन् ।

बीबीसीलाई दिएको एक अन्तर्वार्तामा फ्लेचरले अहिले अवस्था यति नाजुक भइसकेको बताउँदै यदी समयमै सहयोग नपाए यो संकट नरसंहारमा परिणत हुन सक्छ । यद्दपी, इजरायली प्रधानमन्त्री नेतन्याहुले अन्तर्राष्ट्रिय दबाब पछि गाजामा ११ हप्तादेखि जारी रहेको राहत सामग्रीको नाकाबन्दीमा केही खुकुलो घोषणा गरेको बताए ।

यसका बाबजुद पनि सोमबार मात्र जम्मा ५ ट्रक गाजा प्रवेश गर्न सकेको थियो। यसलाई समुन्द्रको थोपा बताउँदै उनले यति सीमित स्रोत साधनले २० लाखभन्दा बढी जनताको आवश्यकता पूरा गर्न नसकिने बताए । संयुक्त राष्ट्रका अधिकारीले गाजा पठाइएका ट्रकहरू अझै पनि सीमाको अर्को छेउमा अड्किएका र सर्वसाधारणसम्म पुग्न नसकेको बताए।

यसमा मुख्यतया बालबालिकाका लागि पोषणयुक्त खानेकुरा र शिशुको खानाको भार समावेश थियो, जसको ज्यान खतरामा परेका बालबालिकासम्म पुग्न सकेको छैन । गाजामा राहत सामाग्री भए पनि प्रयोग हुन नसकेको अवस्था यति बिग्रिएको छ ।

गाजा अहिले डरलाग्दो मानवीय संकटबाट गुज्रिरहेको छ । खानेपानी, बिजुली, औषधि र खाद्यान्न जस्ता आधारभूत आवश्यकताहरू लगभग हराइ नै सकेका छन्। अस्पतालमा ठाउँ छैन र हजारौं बालबालिका भोकमरी र कुपोषणबाट पीडित छन् । संयुक्त राष्ट्रसंघले यसलाई मानव निर्मित संकट भनेको छ र यसलाई पूर्ण रूपमा रोक्न सकिने बताएको छ। यदि अन्तर्राष्ट्रिय समुदायले दबाब सिर्जना गरी तत्काल राहत सामग्री पुर्‍याउने व्यवस्था मिलाउनुपर्छ ।

संयुक्त राष्ट्रसंघले यो संकट मानवीय भन्दा पनि राजनीतिक भएको स्पष्ट रुपमा भनेको छ । राहत सामग्रीलाई युद्ध रणनीतिबाट अलग नगरेसम्म निर्दोष बालबालिकाको जीवन बचाउन असम्भव छ ।

म फ्लेचरले बालबालिकाको जीवन बचाउनलाई प्राथमिकता दिन र तत्काल, बिना शर्त राहत दिन सम्बन्धित सबैलाई अपिल गरेका छन्, अन्यथा आगामी ४८ घण्टा इतिहासको सबैभन्दा लाजमर्दो क्षणका रूपमा गनिनेछ।