बैतडीको खलङ्गा क्षेत्रमा भूकम्प

everest kitchen

काठमाडौँ । बैतडीको खलङ्गा क्षेत्रमा शुक्रबार राति १:४८ बजे ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बैतडीको खलङ्गा आसपास क्षेत्र रहेको छ।

उक्त भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरूमा पनि तीव्र रूपमा महसुस गरिएको जनाइएको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भइसकेको छैन।

सुरक्षा निकायहरू र स्थानीय प्रशासनले भूकम्पपछिको अवस्थाबारे जानकारी संकलन गर्ने कार्य अघि बढाइरहेका छन्।

भूकम्पबाट प्रभावित क्षेत्रमा सतर्क रहन र आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।