मनामा, बहराइन । बहराइनस्थित नेपाली राजदूतावासले ४५औं लटअन्तर्गत नयाँ राहदानीहरू प्राप्त भएको जानकारी दिएको छ। राजदूतावासले राहदानी आवेदन दिएका नेपाली नागरिकहरूलाई आवश्यक कागजातसहित समयमै उपस्थित भई राहदानी लिन अनुरोध गरेको छ।
राजदूतावासले एक सूचना जारी गर्दै भनेको छ, “निम्न नेपाली राहदानी आवेदकहरूको नयाँ राहदानी यस राजदूतावासमा प्राप्त भएकाले, पुरानो सक्कल राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित राजदूतावासमा सार्वजनिक बिदाका दिन बाहेक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म राहदानी लिन स्वयम् उपस्थित हुन अनुरोध गरिन्छ।”
यसका साथै, आवेदकहरूले ४५औं लटको राहदानी सूचीमा आफ्नो नाम कुन नम्बरमा रहेको छ भन्ने कुरा पनि पहिल्यै नोट गर्न भनिएको छ, जसले राहदानी वितरण प्रक्रिया सहज बनाउन सहयोग गर्नेछ।
राजदूतावासले सम्पूर्ण सम्बन्धित नागरिकहरूलाई निर्धारित समयमै उपस्थित भई राहदानी बुझिलिन आग्रह गर्दै राहदानी वितरण कार्यमा सहजीकरण गर्न अनुरोध गरेको छ।