दोहा, – गणतन्त्र दिवस २०८२ को अवसरमा कतारस्थित नेपाली दूतावास २०८२ जेष्ठ १५ गते (2025 मे 28) मा एक दिनका लागि बन्द रहने भएको छ। दूतावासले एक सूचना प्रकाशित गर्दै उक्त दिन सार्वजनिक बिदाका रूपमा कार्यालय बन्द रहने जानकारी दिएको हो।
नेपाल सरकारद्वारा घोषित सार्वजनिक बिदा अनुसार दूतावास पनि सोही दिन बन्द रहने भएकाले दूतावासमार्फत सेवा लिने तयारीमा रहेका नेपाली नागरिकहरूलाई आवश्यक योजना अघि नै मिलाउन आग्रह गरिएको छ।
दूतावासले भनेको छ, “समयमै सेवा प्राप्त गर्नुपर्ने व्यक्तिहरूले दूतावासको कार्य तालिका अनुसार सेवा लिनुहुन अनुरोध छ।”
नेपालले प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउँदै आएको छ। यही अवसरमा विदेशस्थित नेपाली नियोगहरूमा पनि बिदा दिइँदै आएको छ।