गणतन्त्र दिवसको अवसरमा १५ जेठ (२९ मे) का लागि राहदानी नवीकरणको समय लिएका सेवाग्राहीहरूलाई वैकल्पिक मितिमा उपस्थित हुन राजदूतावासको अनुरोध

everest kitchen

भिएना, मे २६ — नेपाली राजदूतावास, भिएनाले १५ जेठ २०८२ (२९ मे २०२५) का लागि राहदानी नवीकरणको समय लिएका सेवाग्राहीहरूलाई समय मिलाएर २८ मे वा ३० मे मा राजदूतावासमा उपस्थित हुन अनुरोध गरेको छ।

राजदूतावासले जारी गरेको सूचनामा १५ जेठ (२९ मे) गते गणतन्त्र दिवसको अवसरमा कार्यालय बन्द रहने जानकारी पनि दिइएको छ। सोही कारण सो दिनका लागि समय लिएका आवेदकहरूलाई अन्य दिनहरूमा आउन अनुरोध गरिएको हो।

सम्बन्धित सेवाग्राहीहरूले आफ्नो दस्तावेज लिएर उल्लेखित वैकल्पिक मितिमध्ये कुनै एक दिन उपस्थित भई राहदानी नवीकरण प्रक्रिया अगाडि बढाउन सक्नेछन्।