बेपत्ता नेपाली श्रमिकको खोजी अपील: मलेसियामा सम्पर्कविहीन भएका खोटाङका मनोज निरौलाको अवस्था अहिलेसम्म अज्ञात

everest kitchen

काठमाडौं, २०६९ साल फागुन २६ गते मलेसिया रोजगारीका लागि गएका खोटाङका मनोज निरौला (रमेश) विगत चार वर्षदेखि सम्पर्कविहीन भएका छन्। खोटाङको बराहापोखरी गाउँपालिका वडा नं. ३, साबिक साउनेचौर वडा नं. ७ निवासी निरौला २०७८ साल असोज २४ गतेदेखि परिवार तथा आफन्तसँग सम्पर्कमा छैनन्।

मनोजका बुवा गंगा प्रसाद निरौलाले मलेसियास्थित नेपाली राजदूतावासमा निवेदन दिँदै छोराको खोजी तथा नेपाल फर्काउन पहल गरिदिन अपिल गरेका छन्। परिवारजनले मनोजको अवस्थाबारे अत्तोपत्तो नपाउँदा गहिरो चिन्ता व्यक्त गरेका छन्।

परिवारका अनुसार मनोजले शुरुवाती केही वर्ष घरमा फोन सम्पर्क राखिरहेका थिए, तर पछिल्ला वर्षहरूमा उनी सम्पर्कविहीन हुन पुगेका हुन्। हालसम्म पनि कुनै जानकारी नआएपछि परिवारले सार्वजनिक रूपमा खोजी अपील गरेको हो।

सूचना भए सम्पर्क गरिदिन आग्रह

मनोजको अवस्थाबारे कुनै जानकारी भएका वा उनलाई देख्नुभएका व्यक्ति वा संस्थाले निम्न नम्बरहरूमा तत्काल सम्पर्क गर्न परिवारले आग्रह गरेको छ:

📞 गंगा प्रसाद निरौला (बुवा): ९८६९०४४०६३०
📞 लक्ष्मण निरौला (परिवार): ९८४२१२४९४९०

सार्वजनिक सहयोगको अपिल

परिवारले मनोजको खोजीमा सामूहिक सहयोगको आवश्यकता रहेको बताउँदै मिडिया, सामाजिक संघसंस्थाहरू, मलेसियामा रहेका नेपाली समुदाय तथा सरोकारवालालाई साथ दिन आह्वान गरेको छ।

👉 “हामी सबै मिलेर मनोजलाई सुरक्षित रूपमा परिवारसँग पुनर्मिलन गराउन सकौं,” गंगा प्रसाद निरौलाको भनाइ छ।

नेपाली श्रमिकहरूको सुरक्षा र अधिकारका लागि सबैको सतर्कता र सहयोग आवश्यक छ।
कृपया यो समाचार सेयर गर्नुहोस् — सानो जानकारी पनि ठूलो सहयोग बन्न सक्छ।