बैतडी, जेठ १७ – बिगत दुई वर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा मलेसियास्थित निलाई जिल्लाको समराई भन्ने स्थानमा रहेको SWACK Security Services SDN. BHD. नामक कम्पनीमा कार्यरत बैतडी जिल्ला, दोगडाकेदार गाउँपालिका–९, ग्वाल्लेक जोशीबुङ्गा चीलौन्याका देव दत्त जोशी हाल ड्युटी जान क्रममा अचानक दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको छ।
उहाँलाई तत्काल मलेसियाकै एक अस्पतालमा भर्ना गरि उपचार थालिएको छ। हाल उहाँको अवस्था गम्भीर रहेको र अस्पतालबाट डिस्चार्ज हुन अझै समय लाग्ने चिकित्सकहरूले जनाएका छन्। जोशीको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च बेहोर्न निकै कठिन भइरहेको जनाइएको छ।
मलेसियामा उहाँको देखभाल गर्न आफन्त कोही पनि नरहेका कारण नेपालबाट कोही पठाउनु पर्ने स्थिति रहेको छ। यस्तो विषम परिस्थितिमा उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आर्थिक तथा नैतिक सहयोगको लागि सबै दातृ मनहरुमा हार्दिक अपील गरिएको छ।


