टौरङगा, न्यूजिल्याण्ड | मे ३०, २०२५
स्याङजाका स्थायी बासिन्दा तथा हाल न्यूजिल्याण्डको टौरङगामा बसोबास गर्दै आएका दिपेश काफ्ले मे १४ तारिख बिहान रोटोरुवा नजिकै ट्रक र कारबीच भएको भीषण दुर्घटनामा परि गम्भीर घाइते भएका छन्। हाल उनी आईसीयूमा जीवन र मृत्युको संघर्षमा छन्।
उपचारमा संलग्न चिकित्सकहरूले काफ्लेको अवस्था अत्यन्त गम्भीर रहेको बताएका छन्। चिकित्सकीय सल्लाहअनुसार, घाइते काफ्लेको बुवा, आमा र काका (भाषा सहजीकरणका लागि) लाई एनआरएनए न्यूजिल्याण्डको समन्वयमा न्यूजिल्याण्ड ल्याइएको छ। भिषा प्रक्रियादेखि सुरुवाती बसोबास र भोजनको खर्च एनआरएनए न्यूजिल्याण्डले आपतकालीन कोषबाट व्यहोरेको छ।
परिवारको बसाइ लामो समयसम्म लम्बिन सक्ने देखिएकाले, आर्थिक बोझ बढ्दो छ। यस्तो अवस्थामा, एनआरएनए न्यूजिल्याण्डले दिपेश काफ्ले र उहाँको परिवारको उपचार र बसोबास खर्चमा सहयोग गर्न सम्पूर्ण नेपाली समुदायमा सक्दो साथ र सहयोगको अपिल गरेको छ।
एनआरएनए न्यूजिल्याण्डका अध्यक्षद्वारा जारी अपिलमा भनिएको छ,
“हामी दिपेशको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, उहाँको परिवारलाई थप आर्थिक पीडा नहोस् भन्ने उद्देश्यले यो अपिल सार्वजनिक गरेका हौं। सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न सक्नुहुन्छ।”
Name of Account: NRNA NZAccount Number: 12-3066-0148917-04Ref: Dipesh Kafle