टोकियो, जापान – गैरआवासीय नेपाली संघ (NRNA) को सदस्यता आवेदन प्रक्रिया हाल तीव्र गतिमा जारी रहेको छ। संघले जापानमा रहेका नेपाली समुदायलाई सदस्यता लिन आग्रह गर्दै, June 24 2025 सम्म आवेदन दिन सकिने जनाएको छ।
सदस्यता लिँदा देखिएका सामान्य समस्याहरू र समाधानसम्बन्धी स्पष्ट जानकारी संघले सार्वजनिक गरेको छ, जसअनुसार आवेदनकर्ताहरूले सहज रूपमा प्रक्रिया पूरा गर्न सक्नेछन्।
आम देखिने समस्याहरू र समाधान
१. “This phone no./email is already registered.”
– यस्तो देखिएमा Login गर्नुहोस्। पासवर्ड थाहा नभएमा Forget Password गरेर नयाँ पासवर्ड सेट गरी Renew गर्नुहोस्। New विकल्प प्रयोग नगर्न अनुरोध गरिएको छ।
२. “State” मा के लेख्ने?
– विशेषगरी चिबा निवासीहरूलाई “State” मा “Chiba” छनोट गर्न आग्रह गरिएको छ। धेरैले गल्तीले “Kanto” लेखेको देखिएको छ।
३. व्यक्तिगत विवरण (जस्तै ठेगाना, ईमेल) फरक भएमा?
– सदस्यता Approve भइसकेपछि membership@nrna.org मा इमेल गरेर विवरण सच्याउन सकिनेछ।
४. के हरेक वर्ष शुल्क तिर्नुपर्छ?
– हाल सदस्यता लिँदा हरेक वर्ष शुल्क तिर्नुपर्ने छैन।
५. सदस्यता शुल्क कहाँ जान्छ?
– सदस्यता लिँदा तिर्ने ¥1000 जापानमा निर्माणाधीन “Nepal House” परियोजनामा खर्च गरिने जानकारी संघले दिएको छ।
६. अन्य समस्या आएमा कसलाई सम्पर्क गर्ने?
– कुनै पनि समस्या आएमा NRNA Japan, NRNA Chiba Chapter वा समितिका प्रतिनिधिहरूसँग सम्पर्क गर्न सकिनेछ।
संघले “NRNA को सदस्यता लिउँ, सक्षम नेतृत्व छानौँ” भन्ने नाराका साथ सबैलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।
सदस्यता आवेदन दिने अन्तिम मिति: २०२५/६/१०
एप डाउनलोड: Smart NRNA