क्वालालम्पुर, १६ जेठ २०८२
मलेसियामा मनाइने याङ्ग दी-पेर्टुवान अगोङ (राजा) को जन्मदिनको अवसरमा आगामी २ जुन २०२५ (सोमबार) का दिन सार्वजनिक बिदा पर्ने भएकाले नेपाली राजदूतावास, क्वालालम्पुर बन्द रहने भएको छ।
राजदूतावासले सार्वजनिक सूचना जारी गर्दै सो दिन आकस्मिक सेवा आवश्यक परेमा ०१६ २४७२७७७ नंमा सम्पर्क गर्न अनुरोध गरेको छ।
राजदूतावासले आगामी ३ जुन २०२५ (मंगलबार) बाट नियमित सेवा पुनः सुचारु हुने जानकारीसमेत दिएको छ।
मलेसियामा कार्यरत नेपाली नागरिक तथा सेवाग्राहीहरूलाई असहज नपरोस् भन्ने उद्देश्यले समयमै जानकारी गराइएको राजदूतावासले जनाएको छ।