माल्टामा घुम्ती सेवा मार्फत जारी गरिएका राहदानी वितरण हुँदै, नाम सूची हेरी मात्र उपस्थित हुन अनुरोध

everest kitchen

भ्यालेट्टा, माल्टा — मे ३०
गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् माल्टाले डिसेम्बर १४ देखि १८, २०२४ सम्म घुम्ती सेवा मार्फत संकलन गरिएका अन्तिम लटका राहदानीहरू तथा वितरणबाट छुटेका राहदानीहरू वितरण हुने जनाएको छ।

संघका अनुसार राहदानी वितरण ३१ मे (शनिबार) र १ जुन (आइतबार) का दिन निम्न तालिका अनुसार हुनेछ:

📅 ३१ मे २०२५, शनिबार
🕑 दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म

📅 १ जुन २०२५, आइतबार
🕑 दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म

📍 स्थान: NRNA NCC Malta को कार्यालय

संघले सबै लाभग्राहीहरूलाई आफ्नो नाम सूचीमा परेको भए मात्र सो समय र स्थानमा उपस्थित हुन अनुरोध गरेको छ। वितरण प्रक्रियालाई सुव्यवस्थित र छरितो बनाउन नाम नपरेका व्यक्तिहरूलाई उपस्थित नहुन अनुरोध गरिएको छ।