दोहा, कतार – गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम शुक्रबारका दिन दोहास्थित सनैयाको ओइलफेयर रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
गोरखा सेवा समाजका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्लोबल गोरखा समाजका उपाध्यक्ष तथा एनआरएनए आइसीसीका मध्यपूर्व उपसंयोजक श्रीकृष्ण भट्टराई प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
२० वर्षभन्दा बढी सेवा इतिहास
सन् २००३ मा स्थापना भएको गोरखा सेवा समाज कतार नेपाली समुदायको लागि अग्रणी सामाजिक संस्था हो। संस्थाले परोपकारी कार्यमा उल्लेखनीय योगदान दिँदै आएको छ। हालसम्म जिल्ला अस्पतालमा ECG मेसिन, चारवटा स्ट्रेचर बेड, विद्यालय भवन निर्माण, र २५ लाख रुपैयाँको अक्षयकोष खडा गरी विपन्न तथा संरक्षित बालबालिकालाई सहयोग गर्दै आइरहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो।
संस्थाका संरक्षक बुधबल गुरुङले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण गर्न “मनकामना कला केन्द्र” सञ्चालनमा ल्याइएको जानकारी गराए। उनले संस्थाले मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्दै कलाकार उत्पादनमा पनि योगदान पुर्याएको बताए।
कार्यक्रममा राकेश श्रेष्ठले मानव सेवा आश्रमसँग सहकार्य गर्दै गोरखाको सडकमा रहेका बेसहारा नागरिकका लागि सेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनले हालै मात्र आश्रमलाई रु. ५,११,१११ हस्तान्तरण गरिएको बताए।
नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित
१३औं अधिवेशनले विकाश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। आगामी २०२५–२०२७ कार्यकालका लागि चयन भएका पदाधिकारीहरू यसप्रकार छन्:
अध्यक्ष: बिकाश श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष: अर्जुन संग्रौला
उपाध्यक्षहरू: राजेन्द्र पराजुली, रामचन्द्र गिरि
महासचिव: रुद्र बहादुर भट्ट
सचिवहरू: पवन गुरुङ, पुर्ण बहादुर गुरुङ
कोषाध्यक्ष: अशोक श्रेष्ठ
सह–कोषाध्यक्ष: दिनेश थापा
नगरपालिका तथा गाउँपालिका संयोजकहरू:
-
पालुङटार न.पा.: नन्दलाल श्रेष्ठ
-
सिरानचोक गा.पा.: सुर्य बहादुर गुरुङ
-
अजिरकोट गा.पा.: राजु गुरुङ
-
शहिद लखन गा.पा.: दिपक बि.क
-
आरुघाट गा.पा.: रश्मि गुरुङ
केन्द्रीय सदस्यहरू:
-
दुर्गा भुजेल
-
मालती गुरुङ
-
मदन बखाती
-
प्रदिप मल्ल ठकुरी
समाजका कामबाट गौरवान्वित
प्रमुख अतिथि श्रीकृष्ण भट्टराईले गोरखा सेवा समाजको स्थापना कालदेखि वर्तमानसम्मको यात्रालाई प्रशंसायोग्य भन्दै समाजले गरेको सेवा कार्यले सम्पूर्ण नेपाली समुदायको गौरव बढाएको बताए।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुती, सम्मान कार्यक्रम र सामाजिक प्रतिवेदन प्रस्तुत गरिए। सहभागीहरूले नयाँ नेतृत्वलाई शुभकामना दिँदै आगामी दिनमा अझ प्रभावकारी सामाजिक कार्यको अपेक्षा व्यक्त गरे।
– हिमाल टाईम्स समाचार डेस्क, दोहा