डेनमार्कमा गणतन्त्र दिवस २०८२ भव्य रूपमा सम्पन्न – नेपाली राजदूतावास, कोपनहेगनद्वारा आयोजन

everest kitchen

कोपनहेगन, डेनमार्क – आज १७ जेष्ठ २०८२ को दिन नेपाली राजदूतावास, कोपनहेगनले डेनमार्कमा रहनु भएका नेपाली समुदायको सहभागितामा जलपान सहितको कार्यक्रममार्फत गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाएको छ।

कार्यक्रममा महामहिम नेपाली राजदूत सुम्निमा तुलाधरले सम्पूर्ण डेनमार्कवासी तथा सहप्रमाणिकृत मुलुकहरूमा रहनु भएका नेपालीहरूलाई गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नु भयो।

राजदूत तुलाधरले आफ्नो मन्तव्यमा गणतन्त्र प्राप्तिका लागि नेपाली जनताले व्यहोरेको संघर्ष, त्याग र बलिदानको स्मरण गर्दै, गणतन्त्रले नेपाली जनतालाई वास्तविक रूपले सार्वभौम नागरिक बनाएको उल्लेख गर्नुभयो। उहाँले संघीय लोकतान्त्रिक शासन प्रणालीलाई समृद्ध नेपाल र सुखी नेपालीको आधार मानेर विविधतामा एकता कायम राख्दै राष्ट्रिय हितलाई केन्द्रमा राख्न सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रममा डेनमार्कस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित अन्य विभिन्न सामाजिक, सांस्कृतिक तथा पेशागत संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

राजदूतावासद्वारा आयोजित यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच एकता, समर्पण र गणतन्त्रप्रतिको सम्मानलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ।