मोना कुवेतको चौथो अधिवेशन भव्य रूपमा सम्पन्न, दिपक छन्त्याल पुनः अध्यक्ष निर्वाचित

everest kitchen

कुवेत – ‘प्रवासी म्याग्देलीहरूको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने मूल नाराका साथ स्थापित म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेत राष्ट्रिय कार्यकारी समितिको चौथो ऐतिहासिक अधिवेशन २०२५ मे ३०, शुक्रबारको दिन कुवेतको मङ्गाफस्थित डिलाइट्स हलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम अध्यक्ष दिपक छन्त्यालको सभापतित्वमा सम्पन्न भयो भने नेपाली राजदूतावास कुवेतका प्रथम सचिव सुजन बिडारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल, नेपाल मगर संघ शाखा कुवेतका अध्यक्ष जय आले मगर, तथा कुवेतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार तथा अतिथिहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन महासचिव बिमल पुन मगरले गर्नुभएको थियो। राष्ट्रिय गानपश्चात दीप प्रज्वलन गर्दै उद्घाटन गरिएको कार्यक्रममा उपाध्यक्ष बाबुराम गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो।

प्रमुख अतिथि बिडारीलाई कार्यक्रममा दोसल्ला ओढाइ मायाको चिनो प्रदान गरिँदै सम्मान गरिएको थियो। विभिन्न अतिथिहरूले मन्तव्य राख्दै मोनाले प्रवासमा रहँदा पनि सामाजिक, मानवीय तथा जिल्लाको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

कार्यक्रममा समाजका कलाकारहरूद्वारा प्रस्तुत सामूहिक गायन र नृत्यहरूले माहोललाई मनोरञ्जनात्मक बनाएको थियो।

नयाँ कार्यसमिति निर्वाचित

चौथो अधिवेशनबाट २०२५–२०२७ कार्यकालका लागि निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ:

पदाधिकारीहरू:

  1. अध्यक्ष: दिपक छन्त्याल

  2. वरिष्ठ उपाध्यक्ष: निर्मला पुन

  3. प्रथम उपाध्यक्ष: गंगाधर गौतम

  4. द्वितीय उपाध्यक्ष: बिमल पुन

  5. तृतीय उपाध्यक्ष: चुन बहादुर रोका

  6. महिला उपाध्यक्ष: गौदेवी फगामी

  7. महासचिव: सुबास सापकोटा

  8. सचिव: चोकेन पुन मगर

  9. सह–सचिव: राजेश रोका

  10. उप–सचिव: कविता सुनार

  11. प्रवक्ता: सबिन खत्री

  12. कोषाध्यक्ष: तार्जुन पुन

  13. सह–कोषाध्यक्ष: चिबिन घर्ती

  14. युवा संयोजक: बलराज घर्ती छन्त्याल

  15. भलिबल म्यानेजर: मान बहादुर सुनार

 सदस्यहरू:

  • सीता देवी खड्का

  • गोकुल बुढाथोकी

  • पारस फगामी

  • श्यामलाल परियार

  • राम बहादुर बिक

  • गीता सुनार

  • तुल बहादुर खत्री

  • ओमकार पुन

  • सुर्य पतेल

  • मीन बहादुर घर्ती मगर

नयाँ थप सदस्यहरू:

  • याम बहादुर पुन

  • जगेन्द्र बुढाथोकी

  • पदम पुन

  • नर बहादुर बिक

  • सुशील परियार

सल्लाहकार समिति:

  • मान बहादुर फगामी – प्रमुख संरक्षक (मालिका ५, दाङ)

  • नन्द बरुवाल – संरक्षक (अन्नपूर्ण ६, घारा)

  • तेजिन्द्र श्रेष्ठ – प्रमुख सल्लाहकार (बेनपा ४, पुलाचौर)

  • चन्द्र गोतामे – सल्लाहकार (मंगला ४, बङ्जा)

  • मन देवी गुरुङ – सल्लाहकार (धौलागिरी ६, मराङ)

कार्यक्रमको अन्त्यमा नव–निर्वाचित अध्यक्ष दिपक छन्त्यालले आफ्नो कार्यकालमा सामाजिक सेवाका अभियानलाई अझ संस्थागत, पारदर्शी र सबैका सहभागितामा आधारित बनाउने प्रतिवद्धता व्यक्त गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो।