भारतको मुम्बईमा नेपाली युवाको ट्रेन दुर्घटनामा परि दुःखद निधन

everest kitchen

मुम्बई, भारत – भारतको महाराष्ट्र राज्य अन्तर्गत मुम्बईस्थित कान्धिवली र बोरीवली स्टेशनको बीचमा एक नेपाली नागरिकको ट्रेन दुर्घटनामा परी दुःखद निधन भएको खबर सार्वजनिक भएको छ।

नेपाल डोटी जिल्ला, पूर्वीचौकी गाउँपालिका–१ स्थायी घर भएका पुरण बिक दैशोरबाट येरोलीतर्फ जाँदै गर्दा ट्रेनबाट खसेर निधन भएको भारतीय प्रशासनले पुष्टि गरेको छ। घटनाको प्रकृति अत्यन्त दुःखद र रहस्यमय रहेको जनाइएको छ।

दुर्घटना कसरी भयो भन्नेबारेमा अझै पनि ठोस प्रमाण बाहिर आएको छैन। घटनाको बेला न त मृतकका आफन्त त्यहाँ थिए, न त कुनै प्रत्यक्षदर्शी। भारतीय रेल प्रशासनबाट मात्र पहिलो जानकारी आएको हो। यसले गर्दा उहाँ ट्रेनबाट आफैं खसेका हुन् वा कसैले धकेलेको हो भन्ने प्रश्न पनि उठिरहेको छ।

घटनाको वास्तविकता बुझ्नका लागि स्थानीय नेपाली समुदाय र सामाजिक अभियन्ताहरूले प्रशासनसँग समन्वय गरिरहेका छन्।
मृतक परिवारलाई संवेदनशील ढंगले क्षतिपूर्ति तथा आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने माग पनि उठाइएको छ।

यो दुर्घटनाले प्रवासमा रहेका नेपालीहरूबीच ठूलो पीडा र चिन्ता उत्पन्न गराएको छ। हाल प्रवासमा दैनिक ज्यालादारी तथा श्रमिकका रूपमा कार्यरत नेपालीहरू यस्ता दुर्घटनाको उच्च जोखिममा रहेको तथ्य फेरी एकपटक उजागर भएको छ।