एनआरएनए पोर्चुगलको १०औं महाधिवेशन आगामी जुलाई २० लिस्बनमा, सदस्यता नविकरणको म्याद थप

everest kitchen

लिस्बन, पोर्चुगल – जेठ १९
गैरआवासीय नेपाली संघ (NRNA) पोर्चुगलले आगामी २० जुलाई २०२५, आइतबारका दिन लिस्बनमा आफ्नो १०औं महाधिवेशन आयोजना गर्ने जानकारी दिएको छ।

संघले महाधिवेशनमा सहभागी हुन इच्छुक सम्पूर्ण नेपाली समुदायलाई सदस्यता पञ्जीकरण वा नविकरण गर्न आग्रह गर्दै, त्यसको अन्तिम म्याद जुन १८ तारिख राति ११:५९ बजेसम्म थप गरिएको जनाएको छ।

संघको २०२५–२७ कार्यकालका लागि सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण SMART NRNA एपमार्फत भइरहेका कारण, संघले समयमै प्रक्रिया पूरा गर्न सबैलाई पुनः अनुरोध गरेको छ।

सदस्यता नविकरणका लागि:

  • अघिल्लो कार्यकाल (२०२३–२५) मा सदस्यता लिएका सदस्यहरूले SMART NRNA एपमा विवरण अपडेट गरी १० युरो शुल्क तिरेर नविकरण गर्न सक्नेछन्।

  • पासवोर्ड विर्सिएमा एपमा रहेको ‘Forget Password’ बाट नयाँ पासवोर्ड सेट गर्न सकिने सुविधा पनि उपलब्ध छ।

सदस्यता शुल्क तिर्ने बैंक विवरण:

  • सदस्यता शुल्क: १० युरो

  • NIB: PT50007900003067629010180

  • A/C Name: Associacao Nepaleses Residentes Portugal (NRN Portugal)

संघले सदस्यता प्रक्रिया गर्दा गैरआवासीय नेपाली संघको विधान, नीति, नियम तथा आचारसंहिता अनुसार कर्तव्य पूरा गर्नुपर्ने जानकारीसमेत गराएको छ।

यस महाधिवेशनलाई लक्षित गर्दै संघले पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गरेको छ।

थप जानकारीका लागि संघको आधिकारिक सामाजिक सञ्जाल तथा SMART NRNA एप प्रयोग गर्न अनुरोध गरिएको छ।