NRNA–WA को कोषाध्यक्ष पदमा सन्तोष भट्टद्वारा उम्मेदवारी घोषणा

everest kitchen

पर्थ, पश्चिम अष्ट्रेलिया – जेठ १९
आगामी जुलाई २६ मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (NRNA) – पश्चिम अष्ट्रेलिया (WA) को कार्यसमितिको निर्वाचनका लागि सन्तोष भट्टले कोषाध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली समुदायमा सक्रिय युवा सदस्यका रूपमा चिनिएका भट्टले उम्मेदवारीको घोषणा गर्दै भने, “यो जिम्मेवारी केवल पदको लागि होइन, यो हाम्रो समुदायको आर्थिक पारदर्शिता, सुशासन र भविष्यको आधार निर्माण गर्नका लागि हो। पर्थमा रहेको नेपाली समुदाय मेरो परिवार सरह हो, त्यसैले म सेवा गर्न तत्पर छु।”

आगामी दुई वर्षका लागि प्रमुख योजना:

भट्टले आफ्नो कार्यकालमा लागू गर्ने प्राथमिक कार्यक्रमहरू निम्न अनुसार प्रस्तुत गरेका छन्:

  1. आर्थिक व्यवस्थापन — आम्दानी–खर्चको लेखाजोखा सुनिश्चित गर्ने।

  2. लेखा रेकर्ड राख्ने — सबै वित्तीय कारोबार अद्यावधिक गर्ने।

  3. बजेट तयारी — संस्थाको वार्षिक बजेट निर्माण र कार्यान्वयन।

  4. लेखा प्रतिवेदन — मासिक, त्रैमासिक र वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने।

  5. आर्थिक पारदर्शिता — सदस्यहरूलाई वित्तीय विवरण सजिलै उपलब्ध गराउने।

  6. स्रोत संकलनमा सहयोग — संस्थाको लागि चन्दा तथा कार्यक्रममार्फत स्रोत संकलन।

  7. वित्तीय रणनीति विकास — संस्थाको दीर्घकालीन आर्थिक रणनीति निर्माण।

भट्टले थपे, “NRNA केवल एउटा संस्था होइन, यो हामी सबै प्रवासी नेपालीलाई बाँध्ने पुल हो – हाम्रो नेपाल र अष्ट्रेलिया बीचको जीवन्त सम्बन्ध हो।”

उनले निर्वाचनमा सहभागी हुन सबैलाई NRNA को सदस्य बन्नुहोस् भन्ने आग्रह गर्दै मोबाइल एपमार्फत सदस्यता लिन निम्न लिङ्क साझा गरेका छन्:

🔗 iOS: Smart NRNA – App Store
🔗 Android: Google Play Store

उम्मेदवार सन्तोष भट्टले निष्कर्षमा भने, “यदि तपाईंहरूलाई मेरो योजनाहरू न्यायसंगत र पारदर्शी लाग्छ भने, आगामी जुलाई २६ मा मलाई अमूल्य भोट दिनुहुन हार्दिक अनुरोध गर्दछु। तपाईंको विश्वास र साथले NRNA-WA लाई अझ समावेशी र गौरवपूर्ण बनाउन सकिनेछ।”