बक्रइदको अवसरमा दोहा स्थित नेपाली राजदूतावास बन्द हुने

everest kitchen

दोहा, कतार – बक्रइद (इद उल अजहा) को पावन अवसरमा कतारस्थित नेपाली राजदूतावास आगामी २०८२ साल जेठ २५ गते आइतबार, तदनुसार २०२५ जुन ८ तारिखका दिन बन्द रहने भएको छ।

राजदूतावासले जुन २ तारिखमा जारी गरेको सूचनामा सो दिन सार्वजनिक बिदा दिइने जानकारी गराइएको छ। उक्त दिन कन्सुलर सेवा, राहदानी तथा अन्य नियमित कार्य नहुनेछ।

यस अवसरमा राजदूतावासले सबै नेपाली तथा इस्लाम धर्मावलम्बीहरूमा बक्रइदको शुभकामना पनि व्यक्त गरेको छ।