जापान, जुन ३, २०२५ — “नेपाल महोत्सवमार्फत नेपालको पर्यटन प्रवर्द्धन” भन्ने मूल उद्देश्यसहित, गल्कोट समाज जापान क्षेत्रीय समिति (कान्साई) को आयोजनामा यही जुन १४ र १५ तारिखका दिन ओसाका कान्साई मा “नेपाल महोत्सव २०२५” भव्य रूपमा आयोजना हुने भएको छ।
गल्कोट समाज जापान र नेपाली राजदूतावास जापानको सहकार्यमा तथा विभिन्न संघसंस्थाको सह-आयोजनामा हुन लागेको यो महोत्सवले नेपालको कला, संस्कृति, रीतिरिवाज र परम्परा प्रवासमा पनि निरन्तर जगेर्ना गर्ने लक्ष्य लिएको छ।
उक्त गौरवपूर्ण कार्यक्रममा प्रमुख अतिथिको रूपमा जापानस्थित नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुबेदीज्यूलाई विशेष आमन्त्रण गरिएको छ। महामहिम राजदूत सुबेदीले सो निमन्त्रणा स्वीकार गर्दै कार्यक्रममा आफ्नो उपस्थिति जनाउने स्वीकृति प्रदान गर्नुभएकोमा आयोजक समितिले उहाँप्रति गहिरो कृतज्ञता र आभार प्रकट गरेको छ।
कार्यक्रमको सफल आयोजना सुनिश्चित गर्न अहोरात्र खटिनु भएका गल्कोट समाज जापानका संरक्षकद्वय कालिका थापा र जगत थापा, कार्यवाहक अध्यक्ष लोकेश खत्री, उपाध्यक्ष दिलबहादुर थापा, तथा टोक्यो क्षेत्रीय समितिका अध्यक्ष दिनेश थापाप्रति समेत आयोजक समितिले विशेष धन्यवाद व्यक्त गरेको छ।
नेपाल महोत्सव २०२५ मार्फत जापानमा बसोबास गरिरहेका नेपाली तथा विदेशी नागरिकहरूलाई नेपाली सांस्कृतिक सम्पदासँग परिचित गराउने तथा नेपाल भ्रमणमा प्रेरित गराउने अपेक्षा गरिएको छ।