लन्डन, बेलायत – गैरआवासीय नेपाली संघ, यूके (NRNA UK) तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसा) बाल समितिको संयुक्त आयोजनामा “नेपाली बाल साहित्य पात्रो २०८२” का लागि बेलायतभरि रहेका नेपाली बालबालिकाबाट रचना संकलनका लागि आह्वान गरिएको छ।
६ देखि १६ वर्ष उमेर समूहका बालबालिकाले नेपाली भाषामा लेखिएको कविता वा कथा पठाउन सक्नेछन्। चयनित उत्कृष्ट रचनाहरू फोटोसहित पात्रोमा प्रकाशित गरिनेछ। यस पात्रोको वितरण घरमै गरिनेछ भने विविध सामाजिक संस्थाहरू र मेलाहरूमा पनि वितरण गरिने आयोजकहरूले जनाएका छन्।