बारामा अबैध १३ लाखबढी रुपैयाँ सहीत कुशवाहा पक्राउ

everest kitchen

सञ्जय मिश्रा

बारा, ३० जेठ। स्रोत नखुलेको अबैध १३ लाख भन्दा बढी रुपैयाँ सहित १ जना मानिसलाई बारा प्रहरीले सिमराबाट पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा विरगंज १६ बस्ने विजय महतोको छोरा बर्ष २० को सुरज कुश्वाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा डिएसपी विजयराज पण्डितले बताएका छन्।

 

बिहीवार साँझ जितपुर सिमरा २ एयरपोर्ट रोड स्थितमा बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी बेद प्रकाश जोशीको कमाण्डमा खटिएको टोलिले सुरज कुश्वाहाले कालो रंगको भिर्ने झोला पिठ्युमा बोकी शंकस्पद तरिकाले  सिमारा चौक देखि एयरपोर्ट तर्फ जादैँ गरेको अवस्थामा रोकेर चेकजाँच गरिएको थियो।

 

कुशवाहाले बोकेको कालो रंगको भिर्ने झोला तथा निजको शरीरको चेकजाँच गर्दा १ हजार दरको नोट १ हजार ६७ थान , ५००  दरको  ४८० थान र  १०० दरको नोट ५ थान  गरी जम्मा १३ लाख सात हजार पाँच सय रुपैँया र बिभिन्न बिल भौचर कागजातहरु तथा सागर मनि ट्रान्सफर बीरगंज लेखिएको स्टाम्प समेत फेला परेको बारा प्रहरीले शुक्रबार जारीगरेको सूचनामा उल्लेख गरिएको छ।

 

कुशवाहा माथी कानून बमोजिम हुण्डी कारोबार सम्बन्धि शिर्षकमा मुद्दा दर्ता भई आवश्यक अनसुन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखको रूपमा एसपी सन्तोष कुमार तामाङले जिम्मेवारी सम्भाले देखी प्रहरीले हुण्डी कारोबार, लागुऔषध कारोवार नियन्त्रण अभियान चलाएको छ।