मलेसियाबाट तोपा बिकको घरफिर्तीमा सहयोग, प्रवासी नेपाली मञ्चद्वारा एकतर्फी हवाई टिकट प्रदान

everest kitchen

क्वालालम्पुर, जुन १४ — मलेसियामा अबैधानिक रूपमा बसोवास गरिरहेका र काम गर्ने क्रममा श्रम शोषण लगायत विभिन्न समस्याको सामना गर्दै आएका प्युठान जिल्ला, खुम्बु–५ निवासी तोपा बिकलाई मलेसिया सरकारले हाल लागू गरेको घरफिर्ती कार्यक्रम अन्तर्गत नेपाल फर्कनका लागि प्रवासी नेपाली मञ्चको पहलमा एकतर्फी हवाई टिकट प्रदान गरिएको छ।

आर्थिक अभावका कारण घरफिर्ती प्रकृया अघि बढाउन समस्या परेका बिकले मञ्च समक्ष सहयोगको अनुरोध गरेका थिए। उक्त अनुरोधलाई सम्बोधन गर्दै मञ्चले उनलाई जुन १४ का दिन Batik Air मार्फत नेपाल फर्कनका लागि टिकटको व्यवस्था गरेको हो।

प्रवासी नेपाली मञ्चले यस प्रकारका सहयोग मार्फत संकटमा परेका नेपाली श्रमिकहरूको पुनर्स्थापनामा सहयोग पुर्‍याउने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।