एनआरएनए अष्ट्रेलिया सदस्यतामा ऐतिहासिक वृद्धि, १७ हजार बढी आवेदन प्राप्त

everest kitchen

सिड्नी, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नयाँ कार्यकालमा ऐतिहासिक सफलता हात पारेको छ। एनआरएनए अष्ट्रेलियाले हालसम्म १७ हजार भन्दा बढी सदस्यता आवेदन प्राप्त गरेको छ, जुन अघिल्लो कार्यकालको १५,२०९ सदस्यभन्दा बढी हो।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले सम्पूर्ण अष्ट्रेलियावासी नेपाली समुदायप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “तपाईंहरूको विश्वास र साथले हामीलाई अझ बलियो बनाएको छ। हामी सबै आवेदकको विवरण अन्तिमरूप दिन थप स्रोतहरूको साथमा कार्य गरिरहेका छौं, र एक हप्ताभित्र बाँकी सबै आवेदन प्रक्रिया पूरा गर्ने लक्ष्य छ।”

उहाँले अगाडि थप्नुभयो, “हामी सबैको सामूहिक प्रयासले नै एनआरएनए अष्ट्रेलियालाई अझ प्रभावकारी, समावेशी र समुदायमूलक बनाएको छ। तपाईंहरूको धैर्यता र समर्थनप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।”

एनआरएनए अष्ट्रेलियाले विगतदेखि नै नेपाली समुदायको हितमा विविध कार्यक्रम, सेवा र पहलमार्फत अग्रणी भूमिका निभाउँदै आएको छ।